
काठमाडौ – नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहिबार तोलामा ५ सयले बढेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला ९१ हजार ३ सय सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ ।
बिहिबार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
About The Author
Loading...