Tue. Mar 19th, 2024

डा. केसीले तोडे अनशन, सरकारसँग १० बुँदे सहमति

काठमाडौ – सरकार र डा.गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । सरकारसँगको सहमतिपछि केसीले १३ औं दिनमा अनशन तोडेका छन् ।

सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा अनशनरत केसीले त्यहीं उपचाररत सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डेय र अनशनरत पक्षबाट डा. केसीले हस्ताक्षर गरेका छन् ।

सरकारी अस्पतालको स्वास्थ्य सेवा सुधार गर्न हाल कायम रहेको चिकित्सकको दरबन्दी थप गर्न सरकार तयार भएको छ । त्यसका लागि ५०० शय्याका अस्पतालहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम सम्पन्न गरी शीघ्र स्वीकृतिको प्रक्रियामा लैजाने सहमति भएको छ ।

त्यस्तै अन्य सरकारी अस्पतालको पनि संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम छिटो सक्ने सरकारले सहमति जनाएको छ ।

त्यस्तै सबै सरकारी अस्पतालमा आकस्मिक सेवा निस्शुल्क गर्न सरकार तयार भएको छ । डा. केसीसँग भएको सहमति सरकारले अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ ।

अनशन तोड्दै डा‍. केसीले सहमति सात दिनभित्र कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी दिएका छन् ।
अनशन तोडेपछि केसी केही दिन उपचारका लागि त्रिवि शिक्षण अस्पतालमै रहनेछन् ।

About The Author

Loading...

अन्य समाचारहरु: