Fri. May 24th, 2024

साबा महिला च्याम्पियनसिपमा नेपाल फेरि उपविजेता

माल्दिभ्समा भइरहेको दोस्रो साबा (दक्षिण एसियाली बास्केटबल संघ) महिला च्याम्पियनसिपमा नेपाल फेरि उपविजेता बनेको छ । श्रीलंकाले लगातार उपाधि जित्दा नेपाल भने उपविजेता बन्यो ।

बुधबार भएको आफ्नो अन्तिम खेलमा नेपालले भुटानमाथि सहज जितसहित उपाधि जित्ने सम्भावना कायम राखेको थियो । तर बुधबारै राती नै श्रीलंकाले घरेलु टोली माल्दिभ्सलाई ७२-५९ ले हराउँदै च्याम्पियन बन्यो ।

च्याम्पियनसिपमा नेपाल र श्रीलंकाले दुई जित र एक हारबाट समान चार अंक नै जोडेको थियो । तर नेपाल भन्दा श्रीलंकाले बढी अंक स्कोर गरेकोले श्रीलंका अघि रहँदै च्याम्पियन बनेको हो । सन् २०१६ मा काठमाडौंमा भएको पहिलो संस्करणमा पनि श्रीलंका सबै खेल जितेर च्याम्पियन बन्दा नेपाल दोस्रो भएको थियो ।

यस पटक पनि भारत सहभागि नहुँदा नेपालले उपाधि जित्ने लक्ष्यसहित माले पुगेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: