Fri. Dec 6th, 2024

विश्व बजारमा नेपाली रुपिया अहिले सम्मकै कमजोर

काठमाडौं – नेपाली मुद्रा थप कमजोर बनेको छ । पछिल्लो केही दिन यता डलरको मूल्यले एक पनि अर्को नयाँ रेकर्ड कायम गर्दा नेपाली मुद्रा लगातार कमजोर बन्दै गएको छ ।

पछिल्लो पटक अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ ९फेड० ले ब्याजदर बढाएसँगै बढ्न लागेको डलरको मूल्यले नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको हो ।

गत शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य त्यसयता हरेक दिन जसो बढेर नयाँ रेकर्ड बनाउँदै गएको छ ।

बिहिबारको लागि एक अमेरिकी डलरको विनिमय दर बिक्री दर १३० रुपैयाँ ८१ पैसा पुगेको थियो । यस्तै राष्ट्र बैंकले तोकेको खरिद मूल्य १३१ रुपैयाँ ४१ पैसा रहेको छ ।

About The Author

अन्य समाचारहरु: