Sat. Jul 13th, 2024

नवलपरासीमा दुर्घटना, ८ जनाको मृत्यु

accident nawalparasi 1
१ साउन,  नवलपरासी – पूर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको दुम्कीवास – ५ दाउन्ने स्थित विश्वकर्मा मन्दिर नजिकै शुक्रबार दुई सवारी एक आपसमा ठक्कर खाँदा ८ जनाको मृत्यु भएको छ ।

नारायणगढबाट दाङ तर्फ जाँदै गरेको ना ४ ख ५१४३ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको युपी ३२ डिएन ८५४ नम्बरको भारतीय ट्रक एकआपसमा ठक्कर खाँदा ६ जनाको घटनास्थलमा नै र २ जनाको अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय नयावेलहानीले जानकारी दिएको छ । मृत्यु हुनेहरुमा ४ महिला र ४ पुरुष रहेका छन् ।

accident nawalparasi 2

दुर्घटनामा परी ८ जना घाइते भएका छन् । घाइतेहरु मध्ये २ जनालाई भरतपुर अस्पतालमा लगिएको र वाँकी ६ जना स्थानिय मेडिकल दुम्कीवासमा नै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: