Sun. May 19th, 2024

आज नवरात्रिको नवौं दिन शक्तिस्वरुपा महालक्ष्मी देवीको पूजा

नवरात्रिको नवौं दिन आज शक्तिस्वरुपा महालक्ष्मी देवीको पूजा आरधना गरिन्छ । विशेषगरी नवमीमा कतिपयले कलपूर्जा, हातहतियारहरूको पूजा गर्छन् । आज कन्याहरूको पूजा गरी भोजनसमेत गराइन्छ ।

आज घटस्थापनाका दिन विधिपूर्वक राखिएको जमरा देवीको मन्दिर तथा अन्य शक्तिपीठहरुमा चढाउने गरिन्छ । आज पनि जमरा घर र दशैं घरमा दुर्गा सप्तशती पाठ गरिन्छ ।

आजै मौलामा पशुबली दिने चलन छ । कोतहरूमा हर्षबढाईं गरी कोतपूजा र निशानपूजा समेत गरिन्छ । शाकाहारीहरूले भने कुभिन्डो, घिरौंला र मूला अर्पण गर्छन् ।

आज उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, बिजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराहीलगायत शक्तिपीठमा बलि चढाउनेहरुको घुइँचो लाग्छ । मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहंकार तथा दुर्भावना उत्पन्न अन्त्यका लागि प्रतिकात्मक रुपमा बलीपूजा गरिएको धार्मिक मान्यता छ ।

About The Author

Loading...

अन्य समाचारहरु: