Sun. May 19th, 2024

प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई धादिङ एमालेले उम्मेदवार छान्यो

धादिङ– नेकपा एमालेले मङ्सिर ४ गते हुने चुनावमा धादिङको प्रतिनिधि सभाको दुई वटै निर्वाचन क्षेत्र र प्रदेश सभाको चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ । एमाले केन्द्रीय सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो ।

धादिङका प्रतिनिधि र प्रदेश सभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै सिफारिस भएर केन्द्रमा पुगेकाहरूको नामावलीमध्येमा उम्मेदवार बन्नेहरूको नामको टुङ्गो लागेको छ ।

एमालेले धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा भुमि त्रिपाठी र प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा खेम लोहनीलाई उम्मेदवार बनाएको छ ।

यसैगरी एमालेले प्रतिनिधि सभा क्षेत्र नम्बर–१ को (क) मा रमेश कुमार आचार्य र (ख) मा गजेन्द्र थपलियालाई उम्मेदवार बनाएको छ । यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर–२ को (क) रामकुमार अधिकारी र (ख) मा धन बहादुर घलेलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: