Sun. Jun 15th, 2025

मनोनयन दर्ता : २५ जना भन्दा बढी सहभागी हुन नपाउने, बाजा र झाकी निषेध

काठमाडौ – आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जारी भएको आचारसंहिता पालना गर्न नुवाकोटका राजनीतिक दलहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् ।

मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीको आयोजनामा शनिबार बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकमा सहभागी राजनीतिक दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्न सामूहिक प्रतिबद्धता जनाएको हो ।

उहाँका अनुसार हाल कार्यान्वयनमा रहेको आचारसंहितअन्तर्गत आज उम्मेदवारी दर्ता गर्न २५ जनाभन्दा बढीको सहभागिता हुन नपाइनेसहित बाजागाजा, झाँकी लैजान गरिएको निषेधमा दलहरुबाट पालना गर्न प्रतिबद्धता आएको छ ।

“प्रतिनिधिसभाअन्तर्गत दुई र प्रदेससभाअन्तर्गत चारवटै निर्वाचन क्षेत्रको मनोनयन दर्ताका लागि नुवाकोटमा आवश्यक तयारी पूरा भएको छ”, उहाँले भन्नुभयो, “राजनीतिक दलहरुसहित सरोकारवाला पक्षहरुबाट आचारसंहिता पालना गरेर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले जनाएको ऐक्यबद्धताले हौसला बढेको छ ।

” बैठकमा सहभागी नेकपा एमालेका अरुणकुमार श्रेष्ठ, नेपाली कांग्रेसका राजु थापा, नेकपा माओवादी केन्द्रका बिमला सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का दीपेश पाण्डेसहित जिल्ला निर्वाचन कार्यालय नुवाकोटमा सूचीकृत भएका विभिन्न २९ राजनीतक दलका प्रतिनिधिले उम्मेदवारी दर्ताको समयदेखि आचारसंहिता पालना गर्न प्रतिबद्धता जनाएका छन् ।

About The Author

अन्य समाचारहरु: