Thu. May 23rd, 2024

अबको दुई तीन दिन पछि मनसुन बाहिरिने सम्भावना

काठमाडौ – यसपालि मनसुनको अवधि लम्बिएको छ । नेपालमा मनसुनको अवधि गएको दुई तारिख अर्थात १६ गतेसम्म मात्रै रहने भनिए पनि मनसुन अझै बाहिरिएको छैन ।

मनसुन कायमै रहेकाले एक दुई दिन क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । तर, अब ठूलो वर्षाको सम्भावना भने नरहेको उहाँको भनाइ छ ।

अहिले काठमाण्डौसहित आसपासका क्षेत्रमा घाम लागेको छ । बेलुकी पख हल्का वर्षाको सम्भावना छ । यसैबीच, केही दिन लगातार झरी परेसँगै चिसो हुन थालेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: