Fri. May 24th, 2024

यस्तो छ धादिङ-२ मा एमाले राप्रपा तालमेलको भागबण्डा

धादिङ– आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धादिङमा नेकपा एमाले र राप्रपाबीच तालमेलमा हस्ताक्षर भएको छ । प्रतिनिधिसभा क्षेत्र नं. २ मा राप्रपाले एमालेलाई र यसै क्षेत्रको प्रदेशसभा ‘ख’ मा एमालेले राप्रपालाई सघाउने भएको छ ।

तालमेलपछि प्रतिनिधिसभा क्षेत्र नं. २ का राप्रपाका उम्मेदवार परशुराम तामाङले नेकपा एमालेका उम्मेदवार खेमप्रसाद लोहनीलाई सघाउने भएका छन् । तामाङले बुधबार मनोनयन फिर्ता लिएका छन् । राप्रपाका तामाङले एमालेका लोहनीलाई समर्थन गर्दै मनोनयन फिर्ता लिएका हुन् ।

सहमति अनुसार निर्वाचन क्षेत्र नं २ मा राप्रपाका परशुराम तामाङले उम्मेद्वारी फिर्ता लिएर नेकपा एमालेका खेम लोहनीलाई सघाउने भएका छन् । यो क्षेत्रको प्रदेशसभा ‘क’ मा पनि राप्रपाका नारायण प्रसाद पोखरेल फिर्ता भएर डाक्टर राम कुमार अधिकारीलाइ सघाउने भएका छन् ।

एमालेका घलेलाई व्याक गराइएको प्रदेशसभा ‘ख’मा राप्रपाबाट डम्बर तामाङ उम्मेदवार छन् । डम्बर राप्रपाका चर्चित नेता बुद्धिमान तामाङका भाई हुन् । त्यसको बदलामा नेकपा एमालेले प्रदेशसभा ‘ख’ मा धन बहादुर घलेलाइ फिर्ता बोलाएर राप्रपाका नेता एवं बुद्धिमान तामाङका भाइ डम्वर तामाङलाई सघाउने भएको हो । यही सहमतिमा धन बहादुर घलले आपत्ति जनाएका हुन् ।
स्थानीय तह निर्वाचनमा एक्लाएक्लै भिड्दा कमजोर बन्नुपरेको माले राप्रपाले यो निर्वाचनमा भने तालमेल गरेर सत्ता गठबन्धनका उम्मेदवारलाई हराउने दाउमा छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: