Thu. May 23rd, 2024

धादिङ क्रिकेट लिगको ओपनिङ खेलमा गजुरी र खनियाबास भिड्दै

धादिङ– कात्तिक एक गतेदेखि सात गतेसम्म हुन लागको धादिङ जिल्ला क्रिकेट लिगको खेल तालिका सार्वजनिक भएको छ । धादिङ जिल्ला क्रिकेट संघले आइतबार पत्रकार सम्ममेलन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगितामा जिल्लाभरका आठ ओटा पालिकाका सहभागी हुँदैछन् । खेल तालिका अनुसार चार÷चार टिम राखेर दुई समुहमा खेल हुनेछ । बेनिघाट रोराङ गाउँपालिकाको विशालटार स्थित चन्द्रोदय माध्यामिक विद्यालयको खेल मैदानमा प्रतियोगितामा गजुरी गाउँपालिका र खनियाबास गाउँपालिकाले ओपनिङ खेल खेल्ने भएका छन् ।

चाडपर्वको समयमा विभिन्न क्लवहरुले स्थानीय स्तरमा फाट्ट फुट्ट क्रिकेट प्रतियोगीता गर्दै आएकोमा पछिल्ला दिनहरुमा गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगीता समेत हुन थालेको छ । विद्यालयमा हुने बार्षिक खेलकुदमा पनि क्रिकेट खेललाइ समावेश गरिने थालिएको छ भने गाउँपालिकाहरुले पनि प्रतियोगिता नै आयोजना गर्न थालेका छन् । धादिङमा जिल्ला स्तरय क्रिकेट प्रतियोगिता आयोजना गरिएको यो तेश्रो पटक हो ।

स्थानीय स्तरमै खेलाडी उत्पादन गर्ने र क्रिकेट खेल मार्फत धादिङलाई देश विदेशमा चिनाउने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्ने गरिएको धादिङ क्रिकेट संघका अध्यक्ष दिपेश कँडेलले बताए । उनले भने, ‘खेल्ने र देखाउने अवसर नपाएर कतिपय प्रतिभाहरु गाउँ गाउँमै लुकेको अवस्थामा छन्, त्यसैलाइ उजागर गर्न हामीले क्रिकेट प्रतियोगीता गरेका हौँ ।’

खेलाडीको लागि खेल्ने ठाउँ बनाउन र खेलकुदमा लागेका खेलाडीको आवश्यकता पुरा गर्न गाउँपालिका सदैब तयार रहेको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले बताए । बेनिघाटमा एउटा उत्कृष्ट क्रिकेट रंगशाला बनाउने योजना रहेको उनले बताए ।

धादिङ जिल्लामा पनि क्रिकेटको क्रेज बढ्दै जान थालेको छ । भौतिक पुर्वाधार विना खेलाडीहरुको सहभागीता चाखलाग्दो छ ।

समुह ए मा पर्ने टिमहरु
खनियाबास गाउँपालिका
त्रिपुरासुन्दरी गाउँपालिका
धुनीबेसी नगरपालिका
गजुरी गाउँपालिका
समुह बी मा पर्ने टिम हरु
सिद्धलेक गाउँपालिका
बेनीघाट रोराङ गाउँपालिका
गल्छी गाउँपालिका
नीलकण्ठ नगरपालिका

यस्तो छ खेल तालिका
कार्तिक १ गते
गजुरी गाउँपालिका vs खनियाबास गाउँपाकिला बिहान ११ बजे
धुनीबेसी नगरपालिका vs त्रिपुरासुन्दरी गाउँपालिका दिनको २ बजे
कार्तिक २ गते
नीलकण्ठ नगरपालिका vs सिद्धलेक गाउँपालिका विहान ७ बजे
गल्छी गाउँपालिका vs बेनीघाट रोराङ गाउँपालिका बिहान ११ बजे
धुनीबेसी नगरपालिका vs खनियाबास गाउँपाकिला दिनको २ बजे
कार्तिक ३ गते
त्रिपुरासुन्दरी गाउँपालिका vs गजुरी गाउँपालिका बिहान ७ बजे
गल्छी गाउँपालिका vs सिद्धलेक गाउँपालिका बिहान ११ बजे
बेनीघाट रोराङ गाउँपालिका vs नीलकण्ठ नगरपालिका दिनको २ बजे
कार्तिक ४ गते
त्रिपुरासुन्दरी गाउँपालिका vs खनियाबास गाउँपालिका बिहान ९ बजे
गजुरी गाउँपालिका vs धुनीबेसी नगरपालिका दिनको १ बजे
कार्तिक ५ गते
बेनीघाट रोराङ vs सिद्धलेक बिहान ९ बजे
नीलकण्ठ vs गल्छी दिनबो दिनको १ बजे

About The Author

Loading...

अन्य समाचारहरु: