
धादिङ– सामुदायिक उत्थान पद्धतिका लागि मञ्च फोकस नेपाल धादिङ २०औं वर्षमा प्रवेश गरेको छ । फोकस नेपालले शनिबार धादिङबेसीमा २०औं साधारणसभा सम्पन्न गरेको छ ।
२०५९ सालदेखि धादिङ जिल्लालाई मुख्य कार्यक्षेत्र बनाएर सामुदायिक विकास र शान्ति स्थापनाको लागि काम गर्दै आएको संस्थाले हाल विभिन्न ६ वटा परियोजना संचालन गरिरहेको फोकस नेपाल धादिङका कार्यकारी निर्देशक एकराज छत्कुलीले जानकारी दिए । परियोजना मार्फत खानेपानी, सरसफाई तथा स्वच्छता, कृषि, पशुपालन र पोषण तथा खाद्य सुरक्षाका क्षेत्रमा समुदाय स्तरका गतिविधि संचालन भइरहेको छत्कुलीले बताए ।

साधारणसभामा संस्थागत गतिविधि तथा संस्थाका नीति नियम प्रस्तुत गर्दै कार्यकारी निर्देशक छत्कुलीले आगामी दिनमा कार्ययोजना र रणनीतिक योजनाका बारेमा जानकारी दिए । संस्थाको गतिविधि संचालनमा सहयोग गर्ने विभिन्न दातृ निकाय, सरकारी संस्थाहरु, स्थानीय सरकार लगायत सरोकारवाला निकायलाई धन्यवाद दिए ।
साधारणसभामा बोल्दै गैर सरकारी संस्था महासंघ धादिङका अध्यक्ष शालिकराम दुवाडीले सामुदायिक विकास र शान्ति स्थापनाको लागि फोकस नेपालले समुदाय स्तरमा गरेको क्रियाकलापको प्रशंसा गरे । पछाडि परेका र सिमान्तकृत समुदायसम्म पुगेर परियोजना संचालन गर्न आग्रह गरे ।

२०औं साधारणसभा तथा वर्ष प्रवेशको अवसरमा फोकस नेपालले गैर सरकारी संस्था महासंघका अध्यक्ष ढुवाडीलाई मायाको चिनो उपलब्ध गराएको छ । संस्था २०औं वर्ष प्रवेश गर्दै गर्दा संस्थाले सुरुवाती दिनदेखि हालसम्म विभिन्न आरोह अवरोह पार गरिसेको र आगामी दिनमा पनि समुदायको हकहित र जिविको पार्जनमा योजनावद्ध ढंगले काम गरिरहने फोकस नेपालकी अध्यक्ष पार्वती राई खाँडले बताईन् ।
फोकस नेपाल धादिङले २०५९ फाल्गुन २३ मा जिल्ला प्रशासन कार्यालय धादिङमा दर्ता भई स्थापना कालदेखिनै विभिन्न क्षेत्रमा सामुदायिक उत्थानका निमित्त परियोजानाहरु संचालन गर्दै आएको छ ।
