Fri. May 24th, 2024

प्रत्यक्षतर्फ चालीस प्रतिशत मतपत्र छपाइ सम्पन्न

काठमाडौ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली ९प्रत्यक्ष०तर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली गरी कूल सङ्ख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ ।

समानुपातिक प्रणालीको मतपत्र धमाधम ढुवानी भइरहेको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ आजसम्म एक करोड ६७ लाख पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो । सोमध्ये प्रतिनिधिसभाका लागि ८७ लाख एक हजार र प्रदेशसभाको ८० लाख ५७ हजार पाँच सय मतपत्र छपाइ सम्पन्न भएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब चार करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ भने ६८ जिल्लामा मतपत्र ढुवानी भइसकेको छ । अब नौ जिल्लामा मात्र मतपत्र ढुवानी हुन बाँकी छ ।

ढुवानी भएकामध्ये प्रदेशसभाका लागि एक करोड ९६ लाख १७ हजार तथा प्रतिनिधिसभातर्फ एक करोड ९३ लाख १३ हजार मतपत्र रहेको छ । अब प्रदेशसभाको पाँच लाख ६८ हजार तथा प्रतिनिधिसभाको पाँच लाख ५८ हजार मतपत्र मात्र ढुवानी हुन बाँकी छ ।

About The Author

Loading...

अन्य समाचारहरु: