Sun. May 19th, 2024

निर्वाचन प्रचारमा हेलिकप्टरको प्रयोग रोक्न निर्देशन

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन सातवटै प्रदेश सरकारलाई निर्देशन दिएको छ ।

संघ तथा प्रदेशका मन्त्रीहरुले चुनाव प्रचारमा हेलिकप्टर प्रयोग गरेको गुनासो र उजुरी परेपछि आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आचारसंहिता विपरितका क्रियाकलाप नगर्न, नगराउन भनेको हो ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन संघ तथा प्रदेश सरकारको मुख्य जिम्मेवारी भएको आयोगले स्मरण गराएको छ । दुबै तहका सरकारका मन्त्रीलगायतका पदाधिकारीले निर्वाचन प्रचारका क्रममा हेलिकप्टर, सरकारी स्रोत साधनको प्रयोग गर्ने गरेको भनी विभिन्न माध्यमबाट सूचना प्राप्त भएकाले सो कार्यलाई नियन्त्रण गर्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले गर्ने निर्वाचन प्रचारप्रसारलाई व्यवस्थित गरेको तथा सोही दफाको खण्ड (क १) ले त्यसरी प्रचारप्रसार गर्दासमेत सरकारी स्रोत साधनको प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ । उल्लेखित व्यवस्था कार्यान्वयनका लागि आयोगले पटक–पटक राजनीतिक दलहरुको ध्यानाकर्षण गर्दै आएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: