Fri. Dec 6th, 2024

धादिङबेसीको भिन्तुना र्‍यालीमा ऐलाको स्वाद !(फोटोकथा)

शंकर श्रेष्ठ
धादिङ
– धादिङका नेवार समुदायले नेपाल संवत अर्थात नयाँ वर्ष ११४३ को भब्य स्वागत गरेका छन् । एक आपसमा न्हूँ दँया (नयाँ वर्ष) को अवसरमा भिन्तुना (शुभकामना) साटासाट गरेका हुन् । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

भिन्तुना र्‍यालीसहित नेवार समुदायले शुभकामना आदान प्रदान गरेका हुन् । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भीप्रसाद ढुंगाना, उपप्रमुख दिपक विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल लगायत नागरिक समाजका अगुवा र संघसंस्थाका प्रतिनिधिहरु समेत सहभागी थिए ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विक्रम सम्बत ९३७ मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गरेको खुशीयालीमा नेपाल संवतको स्वागत गरिएको हो ।
नेवार समुदायमा पेय पदार्थको पनि बिशेष महत्व छ । नेपाल सम्बत अर्थात म्हःपूजाका दिन खाइने एउटा पेय पदार्थ हो ऐला अर्थात लोकल रक्सी । म्हःपुजा अर्थात शरीर पुजाको दिन यो ऐलाको छुट्टै महत्व छ । यसै दिन नेवार समुदायमा म्हःपुजा गर्ने र सगुन स्वरुप ऐला खाने चलन छ ।

नेवारी सभ्यता भाषा, संस्कृति र रितीरिवाजका कारण जति प्रसिद्ध छ, त्योसँगै नेवारी परिकारका कारण नेवारी सभ्यता अझै समृद्ध रहेको छ ।

About The Author

अन्य समाचारहरु: