Thu. Apr 24th, 2025

साउदीमा १० नेपालीलाई मृत्युदण्ड

एजेन्सी – रोजगारीको खोजीमा साउदी अरब पुगेका उदयपुरका विवेक दाहाललाई साउदी अरबमा सरकारले मृत्युदण्ड दियो।

१५ वर्षदेखि जेल जीवन बिताइरहेका दाहाललाई रियादस्थित नेपाली दूतावासका अनुसार जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो।

२००६ मा साउदी अरब पुगेका दाहाल, राजेन्द्र विष्ट र सुडानी नागरिक साउदी मरुभूमिमा उँटको हेरचाह गर्दै आएका थिए।

दाहालले सुतिरहेको बेला विष्ट र सुडानी नागरिकको हत्या प्रयास गरेको आरोप लागेको थियो। विष्टको तत्काल मृत्यु भएको थियो भने सुडानी नागरिकको आँखामा क्षति पुगेको थियो। उनीमाथि पशु करणी गरेको आरोप लगाइएको थियो।

विवेक दाहालले सन् २००७ फेब्रुअरी २ मा आफन्त राजेन्द्र विष्टको हत्या गरेका थिए। अदालतले विष्टको हत्या गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। सोहीअनुसार उनलाई मृत्युदण्ड दिएकाको दूतावासको भनाइ छ।

यता, परराष्ट्र मन्त्रालयले दाहालको उद्धार गर्नका लागि विभिन्न निकायसँग छलफल पत्राचार गर्दै आएको थियो। दाहालको घटनामा मृतक पनि नेपाली भएकाले परिवार परिवारबीच मिलापत्र भइसकेकाले उद्धार गर्ने तयारी भइरहेको थियो। तत्कालै यस्तो निर्णय आउला भन्ने कल्पना नगरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सञ्चारमाध्यममा आएको समाचारबाट जानकारी प्राप्त भएको तर मन्त्रालयलाई आधिकारिक रुपमा घटनाको जानकारी नआएको परराष्ट्र मन्त्रालयको प्रवक्ता सेवा लम्सालले बताइन्। उनले भनिन्, ‘मृत्युदण्डको घोषणा गरेसँगै बचाउनका लागि अर्थात् आममाफी दिई स्वदेश फर्काउनका लागि धेरै प्रयत्न गरिएको थियो तर सफल हुन सकेनौँ।’

About The Author

अन्य समाचारहरु: