Sat. Nov 2nd, 2024

किसानलाई बाली भन्दा बढी बदेलको चिन्ता

badel aatanka 2
धादिङ – धादिङको गोगनपानी गाउँ विकास समितिका विभिन्न स्थानमा लगाईएको मकैबाली जंगली जनावर बदेलले सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

मकै छर्ने समयमा लामो खडेरी गएको कारण राम्रो सँग नउम्रिएको मकै पनि बदेलले खान थालेपछि धादिङ गोगनपानी गाउँ विकास समितिका कृषकहरु अहिले मारमा परेका छन् । अहिले किसानहरुलाई आफुले लगाएको बलीभन्दा बढी बबदेलको चिन्ता परेको छ । बदेलले कतिखेर बाली नष्ट गर्ने हो भन्ने चिन्तामा त्यहाँका किसाहरु रहेका छन् ।

badel aatanka 1

गोगनपानी गाउँ विकास समितिको काटथोक, टारगाउँ, नेपालथोक, सुवेदी टोल र गैरीगाउँ लगयतका स्थानमा लगाईएको मकैबाली बदेलले सपाख पारेको गोगनपानीका कृषक पुर्णलाल श्रेष्ठले बताए । भुकम्पबाट घरबार बिहीन भएका गोगनपानीका कृषकहरुलाई अहिले मकैबाली कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ । लामो खडेरीको कारण पातलो उम्रिएको मकै पनि बदेलले खाएपछि अब हामि के खाने गोगनपानीका अर्का कृषक मुकुन्द सुवेदीले गुनासो गरे । बैशाख १२ गते गएको भुकम्पबाट त ज्यान जोगियो,अहिले पालमुनी बसीरहेका छौँ तर, कत्तिखेर जंगली जनावर बदेलले आक्रमण गर्ने हो थाहाँ छैन सुवेदीले दुखेसो पाखे ।

अहिले एक रातमा बदेलले विभिन्न स्थानमा लगाएको मकै बाली नष्ट गर्ने गरेको छ । बदेलले यसैगरी मकै बाली सखाप गर्ने हो भने अर्को बर्ष भोकमरी लाग्ने कृषक रामबहादुर थापाले बताए । आफुहरुको केहि नलागेपछि जंगली जनावर बदेलको आंतक नियन्त्रण गर्नको लागी जिल्ला प्रशासन कार्यलय धादिङमा निवेदन दिन कृषकहरु तयार भएका छन् । बदेल आतंक नियन्त्रण नगरे गोगनपानी गाउँ विकास समितिमा भोकमरी बढेर जाने कृषकहरुले बताएका छन् । साथै कृषकहरुले बदेल आतंक रोक्न वा बदेललाई मार्नको लागी स्थानीय प्रशासन सँग माग गरेका छन् ।

About The Author

अन्य समाचारहरु: