Fri. Mar 29th, 2024

पशुमा हुने बाँझोपन र त्यस बारे जानाकरी

सुवास खतिवडा

भाग्यमानीको भैंसी बर्षौटे अभागीको मान्छे बर्षौटेू भन्ने उखान चरितार्थ गर्नु हरेक गाई भैंसी पालक कृषक दाजुभाई दिदी बहिनीहरुको लक्ष्य हुनुपर्दछ। नेपाल आफैमा एक कृषि प्रधान देश हो कृषि भित्रको पनि अर्को महत्त्वपूर्ण पाटो पशुपालन पर्दछ। कृषि कुल ग्राहस्थ उत्पादनको करिव २६५ हिस्सा पशुपालनले ओगटेको छ।

प्रती ब्यक्ती दैनिक २५० एम एल र बार्षिक ९१ लिटर दूध आवस्यकता ध्ज्इ को सिफारिस देखाएको छ। नेपाल दूध उत्पादनमा भने बिस्तारै आत्मनिर्भर बन्दै गएको अवस्था छ । उत्पादनको हिसाबले बिगत ३–४ दशक पहिले बाट नेपालमा उन्नत जातका गाई भैसीहरुको ब्यवसायिक तथा निर्वाहमुखी पालन पेशा बन्दै गएको सन्दर्भमा हाल धेरै मात्रामा देखिने र कृषक हरुले भोग्दै आएको समस्या हो पशुहरु समयमा बाली नजाने,पशुहरु उल्टिइरहने ,ढिलो समयसम्म थारो रहिरहने,तथा बाली लागिहाले पनी गर्भ नरहने जस्ता कारणहरुले कृषकहरुमा चिन्ता को बिषय बन्दै गएको छ। जसको कारण गाई भैसिमा बाँझोपनको समस्या ल्याउदछ।
के कारण हुन्छ त थारोपन वा बाँझोपन रु

– प्रमुख कारण भनेको सन्तुलित आहारा हो जब कुपोषण को सिकार बन्छ्न पशुहरु ऋतुकालमा आउँदैनन।
– गाई भैसिको प्रजनन अंग पाठेघर भित्र खराबी संक्रमण,पिप,पानी,रगत इत्यादि भरिनु

– ऋतुकाल वा भाले खोजेको सहि समय पत्ता लगाउन नसक्नु जसले गर्दा कृत्रिम गर्भाधान अथवा प्राकृति गर्वाधान गरेता पनि फेरि उल्टिने सम्भावना बड्न जाने हुन्छ।
– पशुहरुमा अत्याधिक तनाव वा अन्य संक्रमित रोग आदिको कारण भ्रुण मर्न जाने हुन्छ।
रोकथामको उपाय
– सन्तुलित आहारा जस अन्तर्गत हरियो तथा सुख्खा पोषणयुक्त घाँसपात,कोशेघाँस वा दाना,समय अनुसारको नाम्ले जुका का औषधि ,भिटामिन ,खनिज जस्ता पौष्टिक आहारा उपलब्ध गराउने।
– राम्रो गुण र जातिय स्वभाव भएको स्वस्थ भालेलाई प्रजनन को रुपमा लिने ।
– पाठेघर संकमण भएको पाइएमा दक्ष भेटेरिनरी प्राविधिक वा पशु चिकित्सक संग परामर्श लिई परिक्षण गराई उपचार गराउने।
– सचेतना गराउने यसको लागि पशु ब्याएको ४५ कटेपछी ९० दिन भित्र बाली लिइ सक्नु पर्दछ अन्यथा माथी उल्लेखित कारणमा राम्रोसँग अध्ययन गरि ब्यवहारिक ज्ञानमा ध्यान दिई आवस्यक परेमा भेटेरिनरी प्राविधिक वा पशु चिकित्सकहरु संग परामर्श लिनु उचित हुने छ।

About The Author

Loading...