Fri. May 24th, 2024

‘सी’ डिभिजन लिग आउँदो वैशाख २२ गतेदेखि सुरु हुने

काठमाडौ – आउँदो वैशाख २२ गतेदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फा ले क्लबसँगको छलफलपछि सोमबार मिति तय गरेको हो ।

एन्फाले ‘सी’ डिभिजन क्लबलाई दिने तयारी खर्चको रकम समेत बढाएको छ । एन्फाले अब तयारी स्वरूप ‘सी’ डिभिजन खेल्ने क्लबलाई ११ लाख रुपैयाँ उपलब्ध गराउने छ ।

यसअघि हरेक क्लबले ९ लाख ५० हजार रुपैयाँ पाउँदै आएका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: