अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्याय ०४७ सालको संविधान निर्माण मस्यौदा समितिका सचिवसमेत हुन् । नयाँ संविधान ०७२ को मस्यौदामा रहेको नागरिकता सम्बन्धी प्रावधानमाथि महिला अधिकारकर्मी र मधेसवादी दलहरुले आलोचना गरिरहेका बेला उपाध्यायले चाँहि महिला र मधेसवादीको तर्कलाई गलत बताएका छन् ।
नागरिकताको प्रावधानमा ‘आमा वा बाबु’ को साटो ‘आमा र बाबु’ नै राख्नु उपयुक्त हुने उपाध्यायको जिकिर छ । त्यस्तै बाबु ठेगान नभएको भन्ने प्रावधानमा पनि उनी असहमत छन् । बच्चा आकाशबाट झर्दैन भन्दै उपाध्याय भन्छन्( ‘बच्चाको बाबु को हो भन्ने पहिचान हुन्छ ।’ नयाँ संविधानमाथि सुझाव संकलन भइरहेका बेला नागरिकताको सवालमा नेपालले अपनाउनुपर्ने नीति के हो भन्नेबारे पूर्वप्रशासक उपाध्यायसँग गरेको विश्लेषणत्मक कुराकानी
संविधानको मस्यौदामा वंशजका आधारमा दिइने नागरिकतामा बाबु र आमा भनिएकोमा आपत्ति छ, माओवादीसहितकै दलले पनि विरोध गरे । यसमा तपाईको धारणा के छ ?
– किन आपत्ति हुनु पर्ने ?
समानता भएन रे । बाबु वा आमा लेख्नुपर्छ रे…
नागरिता भनेको कागजको खोस्टो त होइन । केही सर्तहरु छन्, जुन हाम्रो देशको आवश्यकता अनुसार राखिएको हो
(समानता यस कारण भएन कि त्यो वंशजका आधारमा दिइने नागरिकता हो । अमेरिकाको राष्ट्रपति हुन त्यहीँ जन्मेको हुनुपर्छ भनेर किन लेखिएको रु समानता त भएन । भूटानमा बाबु र आमा लेखिएको छ । समानता त भएन । त्यसैले मैले सुरुमा नै भनें समानता भनेको के रु यो निरपेक्ष हुँदैन । नागरिता भनेको कागजको खोस्टो त होइन । केही सर्तहरु छन्, जुन हाम्रो देशको आवश्यकता अनुसार राखिएको हो ।
बाबु वा आमा लेख्दा के बिग्रन्छ र ?
(त्यसले विदेशीलाई फाइदा हुन्छ । आमा नेपाली र बाबु विदेशी भए पनि वंशजको नागरिकता पाउँछन् ।
अहिले बाबु र आमा हुँदा एक जेनेरेशन अंगीकृत हुन्छ, अर्को त वंशज नै हुन्छ । एक जेनेरेशन कुर्न किन गाह्रो रु यसपालि त झन लिबरल बनाइएको छ । कुनै व्यक्ति जन्मँदा आमा वा बाबुमध्ये एक नेपाली नागरिक रहेको र नागरिकता प्राप्त गर्दाका बखतमा निजका आमा र बाबु दुबै नेपाली रहेछन् भने वंशजकै नागरिकता पाउँछ भनिएको छ ।
यो भनेको विदेशी बाबु छ तर, उसले १५ वर्ष बसेर अगीकृत नागरिकता लिइसकेपछि उसका उसको सन्तानले वंशजकै आधारमा पाउँछ । आमा र बाबु हुनुपर्नेमा र हटाएर वा राखिएको छ । यो हुनुहुँदैन ।
महिला अधिकारकर्मीहरुको त नेपाली आमाले आफ्नो सन्तानलाई नागरिकता प्रदान गर्ने अधिकार र स्वतन्त्रता सुनिश्चित हुनुपर्यो भन्ने माग छ नि ?
– प्रस्तावित संविधानको धारा १२ को उपधारा ४ मा नेपाली नागरिकबाट आमाको जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान नभएका व्यक्तिलाई वंशजको नागरिकता दिने भनिएको छ ।
तर, उहाँहरुको माग बाबुको खोजी नगर, आमाले भनेपछि तुरुन्त नागरिकता दे भन्ने छ ।
बाबुको पहिचान भयो कि भएन भन्ने प्रमाण त पुर्याउनु पर्यो नि । बच्चा त आकाशबाट आउँदैन । बाबु त होला । बाबु को हो भनेर भन्नै नपर्ने भनेको के रु बाबुको पहिचान भएन भनेर स्थापित गर्नुपर्दैन रु आमाले भन्दैमा हुन्छ रु पहिचान नहुनका लागि के हुनुपर्यो भने अँध्यारो रातमा कसले बलात्कार गर्यो थाहा भएन, बेहोस भएका बेला कसले के गर्यो थाहा भएन भन्नु पर्यो । नत्र किन पहिचान हुँदैन ?
विदेशी महिला र पुरुषको हकमा विभेद भयो । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले तुरुन्तै अंगिकृत नागरिकता पाउँछिन् । तर, विदेशी पुरुषको हकमा १५ वर्ष पर्खनुपर्ने प्रावधान छ, यो असमान भयो भन्ने पनि आएको छ नि ?
-समानता र असमानता भन्ने निरपेक्षा रुपमा हेर्न मिल्दैन । हाम्रो जस्तो देश, जहाँ सानो जमीनमा धेरै जनसंख्या भइसक्यौं र जनसंख्या वृद्धिलाई हामीले नियन्त्रण गर्न सकेका छैनौं । हाम्रो संस्कार कस्तो छ भने जतिसुकै समानता भनेपनि बच्चाले बुबाकै थर लिएर आएको हुन्छ ।
हामी बराबर हौं, कुनै शंका छैन । तर, बुबाको थर लिएर किन आउँछौं त रु आमाको लिएर आए पनि हुन्थ्यो । तर, हामी मातृसत्तात्मक पनि होइनौं । हामीले आफ्नो संस्कृति, परिवेश केही नहेरी दुइवटा मान्छे आकाशबाट झरेको छ र उनीहरु समान हुन भन्न मिल्दैन ।
निरपेक्षरुपले नहेर्दा के हुन्छ भने विवाहपछि केटी केटाकोमा जान्छ । थर पनि परिर्वतन हुन्छ । जुन केटीको संस्कार नै फरक हुन्छ र श्रीमानको परिवारको संस्कार लिन्छ । यसलाई पनि विदेशी पुरुषलाई सरह १५ वर्ष स्थायी बसोबास गरेपछि बसेपछि दिने भन्ने हो भने हाम्रो संस्कार चल्दैन । व्यवहार चल्दैन । त्यसैले उसलाई आएपछि दिनुपर्छ ।
उसोभए पुरुषलाई चाहिँ किन १५ वर्ष त भन्ने प्रश्न छ नि ?
– केटाको हकमा भन्दा यहाँ हाम्रो समाजमा धेरैजसो बिहावारी पारि९भारत०का सँग हुन्छ । पारिको मान्छेको यहाँ आउने जाने कुनै रेकर्ड छैन । न भिसा हुन्छ । कहिले आयो, कहिले गयो, कहाँ बस्यो हामीलाई केही थाहा हुँदैन । नेपाली केटीसँग विवाह गरेर नेपाल आएर बस्ने थोरै होला भन्ने अनुमान छ । बसेछन् भने पनि विशेष व्यवस्था किन गर्नुपर्यो भने उसको परिवार नयाँ रुपमा सिर्जना हुन्छ । सम्पत्ति, परिवार उतातिर पनि रहन्छ । त्यसैले उसले आफूलाई म यहाँको हुँ भनेर प्रमाणित पनि गर्नुपर्छ । होइन, विदेशी ज्वाइँलाई सरह बुहारी व्यवस्थालाई गरौं भन्यो भने कसैले मान्दैनन् र व्यवहारिक पनि हुँदैन ।
त्यसमा स्थायी बसोबास र नागरिकता त्यागेको प्रक्रिया चलाएमा‘ भनिएको छ नि ?
– यो स्थानीय बसोबास भनेको के हो रु कतै व्याख्या छैन । यो देश, जहाँविना कुनै रेकर्ड विदेशी आएर बस्छ । जति दिन बसे पनि पाउँछ, जान पनि पाउँछ । अनि स्थायी बसोबासको रेकर्ड के रहन्छ रु परिणाम यहाँ विवाह गर्छ, उतै बस्छ । आतेजाते त होला । तर, उताको नागरिकता छाड्दैन । दुबै लिएर बस्छ । तपाईले के गर्न सक्नुहुन्छ रु
अर्को, नागरिकता त्यागेको प्रक्रिया चलाएमा भनिएको छ । प्रक्रिया चलाए भनेको के रु अचम्म त के छ भने पहिला नेपाली भएको तर, अहिले अर्को देशको नागरिकता लिएको छ भने उसले पुनःप्राप्तिका लागि त्यागेमा भनिएको छ । अनि विदेशीका लागि कारबाही चलाएमा भनिएको छ ।
तपाईले रेकर्ड छैन भनेर भारतीय नागरिक र खुला सीमालाई इंगित गर्नुभयो । मलेसियाका नागरिकलाई सिंगापुर जान-आउन सहज छ तर, इमिग्रेसनमा पासपोर्ट देखाउनुपर्छ र रेकर्ड राखिन्छ । नेपालको सीमानामा पनि आउन(जान सहजरुपमा दिने तर, रेकर्ड राख्ने कुनै सिस्टम बनाउन सकिँदैन ?
– यो मैले पनि बुझेको छैन । भारतसँगको सन् १९५० को हाम्रो सन्धीले सीमा व्यवस्थित नगर भन्दैन । तर, गर्न भारत चाहँदैन । नेपाली पनि चाहँदैन ।
तर, भारतले सीमा रेगुलेट गर्न तयार छौं भन्दै आएको छ होइन र रु बरु उल्टै खुला सीमाका कारण अपराधीहरु आए भन्दै गुनासो पनि गरेको सुनिन्छ ?
– यो भन्ने कुरा हो । त्यसो भन्नेले रेगुलेट गरौं न त भन्दा किन नमानेको त रु खुला सीमा, हाम्रो विशेष सम्बन्ध छ भनेर राख्नुपर्छ भनिरहेको छ । उसलाई फाइदा छ । उसका हजारौं मान्छे यहाँ काम गरिरहेका छन् ।
नेपालले चाहिँ किन नचाहने र?
-पहिलो हाम्रो नेतृत्वमा हिम्मत छैन । यो मुद्दालाई उठायो कि भारतले हामीलाई कस्छ भन्ने डर छ । के अचम्म लाग्छ भने खुला सीमाले फाइदा कसलाई हुन्छ ?
साभार : अनलाइनखबर