Sun. May 19th, 2024

धादिङ–२ मा सत्ता गठबन्धनबाट कांग्रेसका रामनाथ अधिकारी विजयी

धादिङ – धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन् । नेपाली कांग्रेस धादिङका जिल्ला समापति समेत रहेका अधिकारीले नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार नेकपा एमालेका खेम प्रसाद लोहनीलाई १० हजार पाँच सय ३३ मत अन्तरले पराजित गराएका हुन् ।

प्रारम्भिक मत परिणाम अनुसार कांग्रेसका अधिकारीले ३४ हजार चार सय ८३ मत पाएका छन् भने एमालेका लोहनीले २३ हजार नौं सय ५० मत पाएका छन् । यो क्षेत्रमा ६९ हजार एक सय ६४ मत गणना भएको थियो ।

अधिकारी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, नेपाल समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार हुन् । लोहनी एमाले र राप्रपाका साझा उम्मेदवार हुन् ।

२०७४ को निर्वाचनमा कांग्रेसकै दिलमान पाख्रिनलाई वाम गठबन्धनको बलमा ६ सय ७१ मतले पराजित गराएका लोहनी अहिले सत्ता गठबन्धनको साथमा रहेका कांग्रेसकै अधिकारीसंग पराजीत भएका हुन् ।

About The Author

Loading...

अन्य समाचारहरु: