Thu. May 23rd, 2024

को हुन् धादिङ–२ मा विजयी रामनाथ अधिकारी ? (जान्नुहोस् राजनीतिक यात्रा)

धादिङ – नेपाली कांग्रेस धादिङका सभापती रामनाथ अधिकारी काँग्रेस धादिङका पाका नेता हुन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नं। ६ नेवारपानीमा जन्मिएका उनी २०३६ सालको जनमत संग्रह र २०४२ को सत्याग्रहभर तरुण कांग्रेस थिए । यी दुई आन्दोलनमा सक्रिय उनले धेरै राजनीतिक अनुभव हासिल गरे ।

पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा लाग्दा पटक–पटक ज्ल परेका अधिकारीलाई ६ वैशाख २०४५ मा प्रहरीले चारपाटा मुड्नेसम्मको ज्यादती ग¥यो । राज्यको क्रुर दमनले उनलाई अझ विद्रोही बनायो ।

कांग्रेसको आठौं महाधिवेशनमा धादिङ जिल्ला कार्य समिति सहसचिव र महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका । उनी २०५३ सालमा सभापतिको प्रत्यासी बने, तर सफल भएनन् । २६ कात्तिक २०५४ मा जिल्ला सभापति दामन पाख्रिनको निधनपछि उनी सभापतिमा चुनिए ।

पार्टीको जिल्ला सभापति रहेका अधिकारी २०५६ सालमा धादिङ–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेर विजयी भए । उनले नेकपा एमाले का गंगालाल तुलाधरलाई पराजित गरेका थिए ।
२०५६ पछि उनी २०६४ सालमा पहिलो संविधानसभा सदस्यमा उठे, तर नेकपा ९माओवादी०की उम्मेदवार कल्पना धमलासँग पराजित भए । २०७० मा सम्पन्न दोस्रो संविधानसभामा पनि कांग्रेसले अधिकारीलाई नै टिकट दियो, तर उनी निकटतम प्रतिद्वन्द्वीमा सीमित भए । त्यतिबेला अधिकारी एमालेका उम्मेदवार गुरुप्रसाद बुर्लाकोटीसंग पराजित भए ।

अधिकारी २०५५ मा कार्यवाहक भएसंगै २०५७, २०६२, २०६७ र २०७८ मा गरी लगातार पाँचौं कार्यकाल धादिङ कांग्रेसको सभापति भए । जनताको समस्या समाधानमा सधैं सक्रिय अधिकारी सादा जीवनशैलीका कारण पनि लोकप्रिय छन् ।

नेपाली कांग्रेसले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि अधिकारीलाई धादिङ–२ बाट उठाएपछि अधिकारीले बाजी मारे । सत्ता गठवन्धनका साझा उम्मेदवार भएकाले पनि चुनाव जित्न उनलाई सहज भयो ।

About The Author

Loading...

अन्य समाचारहरु: