Wed. Apr 23rd, 2025

८६ वर्षीय वृद्धको पिढीमा लडेर मृत्यु

धादिङ– धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का भुल बहादुर ढुंगानाको पिढीमा लडेर मृत्यु भएको छ ।

८६ बर्षीय वृद्ध ढुंगाना आफ्नै छिमेकी गोपाल कुमालको घरको पिढीमा मुढामा बस्ने क्रममा मुढाबाट लडी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीका अनुसार ढुंगानाको शव पोसमार्टमको लागि धादिङ अस्पताल लगिएको छ । वृद्ध उमेरका ढुंगाना सधैं नै ओल्लोघर पल्लोघर हिडडुल गरिरहने छिमेकीहरुले बताए ।

About The Author

अन्य समाचारहरु: