
भक्तपुर – भक्तपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
गएराति सवा ११ बजे मध्यपुर थिमी नगरपालिका – ६ हुकाम ओरालोमा दुवाकोटबाट आउँदै गरेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।
प्रदेश ३–०१–०२३ च ४२९३ नम्बरको गाडीले बा १० प ९५०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करपछि भक्तपुर नगरपालिका – १ क्वाँछे बस्ने २८ वर्षीय सिजन फसिकवालाई उपचारको लागि मध्यपुर थिमी अस्पताल लगिएको थियो।
त्यहाँ उपचारको क्रममा मृत्यु भएको डिएसपी पाण्डेले बताए।