धादिङ – राष्ट्रिय वाणिज्य वैक जिल्ला शाखा धादिङमा डिजिटल हाजिरी मेसिन जडान गरिएको छ ।
कार्यलयका कर्मचारीहरु समयमा नै नआउने र कार्यलय समयभन्दा पहिले नै कार्यलयबाट बाहिर जाने गुनासो आउन थालेपछि डिजिटल हाजिरी मेसिन राखिएको बैँकका प्रवन्धक केशवबाबु घिमिरेले जानकारी दिए ।
हाजिरी वोर्ड विहान १० बजेदेखि १० बजेर ३० मिनेटसम्म खुल्छ, त्यसपछि आउने कर्मचारीहरुले हाजिर गर्न पाउदैनन् । त्यस्तै बेलुका ४ बजेर ४५ मिनेट भएपछि मात्र हाजिरी वोर्ड खुल्छ । त्यस अघि हाजिर गर्न पाउदैन ।
हाजिरी वोर्डमा प्रत्येक कर्मचारीहरुको औलाको माध्यमबाट हाजिर गर्छन् । मेसिनमा प्रत्येक कर्मचारीको हाजिर भएको कुरा केन्द्रमा पनि जानकारी हुने प्रवन्धक घिमिरेले जानकारी दिए ।
डिजिटल हाजिरी बोड जडान गरेपछि अहिले कर्मचारीहरु समयमा नै आउने गरेको र कार्यलयको काम सकेर मात्र अन्य ठाँउमा जाने गरेका छन् ।