
काठमाडौ – धनुषाधाम नगरपालिका–७ किसनपुर बस्ने सलाहुदिन अन्सारीकी छोरी १ वर्षीया मनु खातुनको आफ्नै घरको आँगनमा रहेको बाल्टिनको पानिमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ ।
आफ्नै घरमा खेलीरहेको अवस्थामा आगँनमा राखिएको बाल्टिनको पानीमा डुबेर बेहोस भएकी उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।