Thu. May 23rd, 2024

प्रदेश १ को मतगणना सकियो, एमालेलाई सरकार बनाउन ७ सांसद अपुग

काठमाडौ – प्रदेश १ को प्रत्यक्ष र समानुपातिक दुर्वतर्फको मतगणना सकिएको छ । प्रत्यक्षमा ५६ मध्ये २५ वटा सिट जितेर ठूलो पार्टी बनेको एमाले समानुपातिकमा पनि १५ सिट जित्दै सबैभन्दा ठूलो हुने भएको छ ।

एमाले एक्लैको प्रदेश १ मा ४० सिट हुनेछ । सरकार निर्माणका लागि उसलाई अब ७ सिटको आवश्यकता छ । प्राप्त मतपरिणाम अनुसार समानुपातिकमा जम्मा १८ लाख ९९ हजार १४४ सदरमत मध्ये एमाले एक्लैले ६ लाख ६५ हजार ४६० मत पाएको छ ।

यस्तै नेपाली काँग्रेसले ५ लाख ६२ हजार ९५६, राप्रपाले १ लाख ९८ हजार ५११, नेकपा माओवादी केन्द्रले १ लाख ८१ हजार २४५, जनता समाजवादी पार्टीले ६१ हजार ७२३ र नेकपा (एकीकृत समाजवादी)ले ५५ हजार ९५७ मत पाएका छन् ।

निर्वाचन आयोगले समानुपातिक सिट संख्याको निर्धारण गर्न भने दुई दिन लाग्ने बताएको छ । ‘देशभरीको परिणाम आउन बाँकी छ, दोलखा र बाजुराको पनि दुवै तर्फको प्रत्यक्ष र समानुपातिक मत गणना सकिएपछि सिट संख्याबारे राजनीतिक दललाई हामी जानकारी गराउँछौं,’ निर्वाचन आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बताए, ‘प्रदेश १ को सबै मतगणना सकिएको छ ।’

About The Author

Loading...

अन्य समाचारहरु: