
काठमाडौं – नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने प्रतीक्षित नेपाल टी–२० लिग फ्रेन्चाइज प्रतियोगिता पुनः सर्ने निश्चित भएको छ ।
क्यानबाट प्रतियोगिता सन्चालन अधिकार पाएको सेभेन थ्री स्पोर्टसले आवश्यक तयारी पूरा नगरेका कारण प्रतियोगिता शुक्रबारको पूर्वनिर्धारित मितिमा आयोजना नहुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।