Sat. Jul 13th, 2024

विप्लवका कार्यकर्ताले कार्यकारी अधिकृतलार्इ मोसो दले

bharatpur nagarpalika

चितवन -विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटालाई आइतबार बिहान मोसो दलेर दुर्व्यबहार गरेका छन् ।

उपमहानगरपालिका परिसरभित्रै पसेर माओवादी कार्यकर्ताले सापकोटालाई मोसो दलेका हुन् । सापकोटाले भ्रष्टाचार गरेकाले मोसो दलेर सचेत गराइएको जिल्ला सेक्रेटरी महेश चौधरीले बताए ।

चेतावनीस्वरुप मोसो दलेको उनको भनाइ छ । घटनापछि छरिएको पर्चामा सापकोटाले जनताको करबाट उठेको रकमलाई भ्रष्टाचार गरेको, इमान्दार कर्मचारीलाई पाखा लगाएर भ्रष्टलाई संरक्षण गरेको र नगरपालिकाको जग्गा खरिदमा भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

त्यसैगरी ग्रेडर किन्ने पैसा नभएको नगरपालिकामा एक करोड ६३ लाखको गाडी किनेको र नगरपालिकामा खुलेको नायब सुब्बाको दरबन्दीमा पत्नीलार्इ राख्न साठगाँठ मिलाएको लगायतका आरोप लगाइएको छ ।

कार्यकारी अधिकृत सापकोटालाई जग्गा र गाडी खरिदमा अनियमितता गरेको भन्दै अन्य दलले समेत बहिष्कार र विरोध गर्दै आएका छन् । मोसो दलेपछि कार्यालयबाट बाहिरिएका कार्यकारी अधिकृत सापकोटा सम्पर्कमा आउन चाहेनन् । रासस

About The Author

Loading...

अन्य समाचारहरु: