धादिङ जिल्लाभित्र कोष तथा लेखा नियन्त्रक कार्यालयबाट अन्तःशुल्क ऐन, २०५८ तथा अन्तःशुल्क नियमावली, २०५९अनुसार निर्धारित कार्यहरु गर्दै आईरहेको व्यहोरा अअवगत गराउदै यस जिल्लामा अन्तःशुल्कजन्य वस्तुहरुको उत्पादन, वितरण, थोक तथा खुद्रा विक्रेता, निकासी वा पैठारी आदि कार्य गर्नेफर्म, रेष्टुरेण्ट, होटल वा डिपार्टमेन्टल स्टोर, होटल, आदिव्यवसायीहरुलाई अनिवार्य रुपमा आफ्नो व्यवसायको विवरण सहित यस कार्यालमा दर्ताहुनर अन्तःशुल्कजन्य वस्तुको कारोवार गरिरहेका व्यवसायीहरुले समयमा नै नियमानुसार नविकरण हुन अनुरोध छ । अवैध रुपमा मदिरा तथा अन्तःशुल्कजन्य वस्तुको उत्पादन, संचय तथा गैरकानुनी विक्रि वितरणबाट समाज, मानव स्वास्थ्य तथा वातावरणमा नकारात्मक असार पार्ने, अवैध कारोवारबाट अन्तःशुल्क राजस्वमा योगदान नहुने र अरु करहरुमा समेत चुहावट गर्न सहयोग पुग्छ भने गैरकानुनी रुपमा विक्रि वितरण गर्दा कुनै पनि बेलामा सरकारी अनुगमन हुदाँ अवैध देखिने हुन्छ । यसबाट तत्काल आफुलाई पसल व्यवसाय गरेको भान भएपछि भविष्यमा सरकारी कानुनको मर्यादाभित्र रहनुपर्ने भएकाले कारवाहीबाट बच्न व्यवसायको प्रारम्भबाट नै कानुनको पालना गरी स्वस्थ्य व्यवसाय संचालन गर्न हुन सबैमा अनुरोध छ । यस धादिङ जिल्लाको नगरपालिका क्षेत्र, ग्रामीण क्षेत्र, राजमार्ग क्षेत्र तथा अन्य बजार क्षेत्रमा गैरकानुनी रुपमा मदिराको कुनै पनि समयमा अनुगमन हुने र अवैध कारोवार गरेको पाइएमा मदिरा जफत गरी कानुन अनुसार कारवाही गरिने हुँदा मदिरा सम्बन्धी कारोवार गर्ने सबैलाई यो सार्वजनिक सूचना जारी गरिएको छ ।
“कानुनको पालना गरी करमा योगदान गरौँ, स्वस्थ्य व्यवसाय गरी जिम्मेवार व्यवसायी बनौँ ।”
यज्ञ प्रसाद ढकाल
प्रमुख
कोष तथा लेखा नियन्त्रक कार्यलय, धादिङ