Wed. Jun 12th, 2024

धादिङ महोत्सवमा आज भिटेनको कन्सर्ट हेर्न पाइने

धादिङ–नेपालका महंगो कलाकार मध्य पर्ने ¥यापर भिटेन (समिर घिसिङ)ले आज (शनिबार) साँझ धादिङ महोत्सवमा प्रस्तुति दिने भएका छन् ।

अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्या पारेर महोत्सवस्थलमा भिटेनले कन्सर्टको आयोजना गरेको हो । भिटेनको कन्सर्ट साँझ ६ बजेदेखि १० बजेसम्म चल्नेछ ।

महोत्सव अवलोकनको लागि दिउसोमा काटिएको टिकटको कन्सर्ट हेर्न पाइने छैन । साँझ ६ बजेपछि सुरु हुने भिटेनको कन्सर्ट हेर्न प्रवेश गर्नेहरुले पाँच सय रुपैँयाको टिकेट लिनुपर्ने आयोजकले जनाएको छ ।

विगतका महोत्सवहरुमा पनि अधिकांश युवा पुस्ताले भिटेन खोजेकोले यो पटक भिटेनलाई धादिङ ल्याउन छुट्टै कन्सर्ट आयोजना गरिएको मेला आयोजक समितिका रोहित भण्डारीले जानकारी दिए ।

भिटेनको कार्यक्रम हेर्न काठमाडौं, चितवनलगायत छिमेकी जिल्लाहरुबाट भिटेनको प्रस्तुति हेर्न दर्शक आउने अपेक्षा राखिएको छ । आज साँझको लागि सदरमुकाम धादिङबेसीका होटलहरुमा अग्रिम बुकिङ भइरहेको पनि मेला आयोजकले जनाएको छ । भिटेनको धादिङमा आगमनले आन्तरिक पर्यटन प्रवद्र्धन र महोत्सवको व्यापार व्यवसायमा बृद्धि हुने अपेक्षा गरिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: