Wed. Jun 12th, 2024

न्युयर इभमा भिटेनले ततायो धादिङ

धादिङ–नेपालका महंगो कलाकार मध्य पर्ने र्‍यापर भिटेन (समिर घिसिङ)को प्रस्तुति शनिबार धादिङमा दमदार बनेको छ ।

पुष ७ गतेदेखि जारी धादिङ महोत्सव र अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्या पारेर महोत्सवस्थलमा भिटेनले कन्सर्टको आयोजना गरेको हो ।

विगतका महोत्सवहरुमा पनि अधिकांश युवा पुस्ताले भिटेन खोजेकोले यो पटक भिटेनलाई धादिङ ल्याइएको महोत्सव आयोजक समितिका रोहित भण्डारीले जानकारी दिए ।

भिटेनको प्रस्तुति हेर्न काठमाडौं, चितवनल, नुवाकोटगायत छिमेकी जिल्लाहरुबाट  भिटेनका फ्यानहरु धादिङ आइपुगेका छन् । शनिबार भिटेनको प्रस्तुति हेर्न ५ हजार दर्शक कार्यक्रम स्थल प्रवेश गरेका छन् ।

सदरमुकाम धादिङबेसीका होटलहरु पनि प्राय सबै भरिभराउ बनेको छ । भिटेनको धादिङमा आगमनले आन्तरिक पर्यटन प्रवद्र्धन र महोत्सवको व्यापार व्यवसायमा बृद्धि भएको आयोजकले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: