Tue. Jul 16th, 2024

भूकम्प पीडितलाई एसएमएस मार्फत १० हजार वितरण

rahat rakam  bitaran
धादिङ – फाया नेपालले DCA र  NCA को सहयोगमा धदिङको ३ गाँउ विकास समितिका भूकम्प पीडितहरुलाई राहत रकम स्वरुप १० हजार रुपैया वितरण कार्य सुरु गरेको छ ।

जिल्लाको नलाङ, सलाङ र खरी गाविसका प्रभावितहरुलाई अस्थायी आवास निर्माण गर्नका लागि थप रकम वितरण गरिएको टोली नेता सचिदानन्द जोशीले जानकारी दिए ।  भूकम्पपछि भत्किएका घरहरुको पूर्ननिर्र्माण तथा अस्थायी आवास निर्माणमा सहयोग हुने उद्देश्यका साथ भूकम्पले पूर्ण क्षति भएका र सरकारले १५ हजार दिइसकेका घरधुरीलाई रकम वितरण गरिएको हो ।

राहत रकम आइतबार सलाङ गाविसको सलाङघाट र आरुवासका ७ सय ५० जनालाई मोवाइल फोन मार्फत वितरण गरिएको छ । भोलि (सोमबार) सलाङको कमलाबारी र नलाङको खीरैमा वितरण गरिने संस्थाले जानकारी दिएको छ । राहत रकम सलाङ गाविसको १३८५, नलाङ गाविसको  २२८२ र खरी गाविसको १३१५ घरधुरी गरी जम्मा ४ हजार ९ सय ८२ घरधुरीमा वितरण गरिने संस्थाले जानकारी दिएको छ ।

दुई साता अगाडि नै फाया नेपालले सबै घरधुरीका व्यक्तिहरुको मोवाइल नम्बर टिपोट गरेका थिए । सोही नम्बरका आधारमा संस्थाले एक दिन अगावै हेलो पैसा प्याल्याटफम मार्फत एसएमएस पठाएका थिए । रकम लिनका लागि “तपाइले रु १० हजार प्राप्त गर्नुभएको छ, लिन आउनुहोस्” भनेर लेखिएको एसएमएस पीडितले देखाउनु पर्नेछ । एसएमएसमा ६ अंकको कोड नम्बर पठाइएको हुन्छ, कोर्ड नम्बरका आधारमा टोलीमा नै गएको बैकले रकम वितरण गरिरहेको छ ।  मोवाइल नभएकाहरुलाई १५ हजार बुझेको राहत कार्ड र आफ्नो परिचय खुलाउने परिचय कार्ड लिएर जानु पर्नेछ । लिएर जानु पर्ने हुन्छ । घरमुलि आफै उपस्थित हुन नसकेमा फाराम भरी परिवारका सदस्यहरुले लिन सकिने छ ।त्यसका लागि गाविसले प्रमाणित गरेको हुनुपर्नेछ   ।

About The Author

Loading...

अन्य समाचारहरु: