Thu. Apr 24th, 2025

पाँचथरमा आगलागी हुँदा दुई जनाको मृत्यु, दुई घाइते

पाँचथर– पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गएराति एक घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

स्थानीय मेघबहादुर गुरुङको घरमा गए राति १:३५ बजे अचानक आगलागी हुँदा उनकी बुहारी २३ वर्षीया आसाङसिं थेवे र २२ वर्षीया छोरी ममता गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए। 

आगलागीमा परी मेघबहादुर र विजेन्द्र गुरुङ घाइते भएका छन् । घरभित्रै रहेका तीनजना भने भाग्न सफल भएका थिए। आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा त्यहाँ भएको अन्नपात, गरगहना, किराना पसलसमेत गरी अनुमानित ५० लाख बराबरको धनमाल क्षति भएको हुनसक्ने उनले बताए। 

About The Author

अन्य समाचारहरु: