Fri. May 16th, 2025

दर्ता नगरिएका क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको परिपत्र

काठमाडौ – गृह मन्त्रालयले एक सुचना प्रकाशित गरेर दर्ता नभएको क्रसर उद्योग बन्द गर्न जिल्ल प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

बुधवार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरी निर्देशन दिएको हो । गृह मन्त्रालयले कानुन विपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहनलाई नियमनका लागि त्यस्ता उद्योग बन्द गर्न जिल्ला प्रशासनलाई निर्देशन दिएको हो ।

कानुन विपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न, वातावरण संरक्षण ऐन २०७६ को पालना र यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न आवश्यक देखिएकाले यो परिपत्र जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

विभिन्न आयोजना, विकास तथा निर्माणका क्रममा त्यही आयोजनाका लागि आवश्यक परिमाणमा ढुङ्गा, गिट्टी, रोडालगायतको उत्खननको अनुमति प्राप्त उद्योगीरनिर्माण व्यवसायीले आयोजना समाप्त भएपछि पनि त्यस्तो उत्खनन गरिरहेको भए त्योसमेत छानबिन गरी तत्काल बन्द गर्न परिपत्रमा भनिएको छ ।

About The Author

अन्य समाचारहरु: