Fri. Jul 18th, 2025

प्रधानमन्त्रीले चासो नदिँदा जनगणनाको नतिजामा ढिलाइ

काठमाडौँ – सरकारको हरेक अंग र निकायको आधारभूत उद्देश्य नागरिकको जीवनस्तर उकास्ने नीति, योजना तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने हो ।

त्यसका निम्ति मुलुकको जनसंख्या प्रमुख आधार मानिन्छ । जनसंख्याको सवालमा अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिंकनले भनेका थिए, ‘हामी कहाँ छौं र कता लाग्दै छौं भन्नेमात्र थाहा पायौं भने पनि हामीले के गर्ने र कसरी गर्ने भनेर बढी राम्रोसँग निर्णय लिन सक्नेछौं ।’

मुलुकमा १२ औं राष्ट्रिय जनगणना २०७८ सम्पन्न भएको चौध महिना बितेको छ । तत्कालीन केन्द्रीय तथ्यांक विभागले सम्पन्न गरेको जनगणनाको प्रारम्भिक नतिजा गत माघमा प्रकाशित गर्‍यो । प्रारम्भिक नतिजाअनुसार मुलुकको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ । भौगोलिक आधारमा हिमाली भेगमा ६ दशमलब ०९ प्रतिशत बसोबास गर्छन् । पहाडमा ४० दशमलब २५ प्रतिशत र तराई भूभागमा ५३ दशमलब ६६ प्रतिशत बस्छन् । अन्तिम नतिजामा केही थपघट हुने जनाइएको छ । तर, अन्तिम नतिजा नआउँदा एघार वर्षअघिको तथ्यांककै आधारमा नीति, योजना तथा कार्यक्रम नै लागू भइरहेका छन् ।

About The Author

अन्य समाचारहरु: