
ब्राजिलमा भेटिएका ढुङ्गाका प्राचिन औजार सुरुवाती मानिसले नभई बाँदरले बनाएको खुलासा भएको छ । आर्टनेटमा छापिएको एक लेखमा यस्तो दाबी गरिएको छ ।
पुरातत्वविद् अगास्टिन एम।एग्नोलिन र जिवाश्म विज्ञानी फेडेरिको एल।एक्ष्नोलिनले साइन्स जर्नल ‘द होलोसिन’ को नोभेम्बरको अंकमा ब्राजिलको सुरुवाती पुरातत्व स्थल मानिसले नभई क्यापुचिन बाँदरले बनाएको हुनसक्ने आफूलाई विश्वास भएको बताएका छन् ।
लेखमा बताइए अनुसार पुरातत्वविदले पेड्रा फुराडामा पछिल्लो उत्खननका बेला स्थानीय रुपमा पाइने क्वार्ट्ज र क्वार्टजाइट कबल्सले बनेका प्राचीन ढुङ्गाका औजारबारे खुलासा गरेका छन् । पेड्रा फुराडा, पूर्वोत्तर ब्राजिलमा पियाउईमा ८०० भन्दा बढी पुरातत्व स्थलका संग्रहका लागि परिचित छ ।
भेटिएको सबैभन्दा पुरानो पत्थरको औजार करिब ५० हजार वर्ष पुराना छन् र यिनै औजारका कारण केही इतिहासकारले सुरुवाती मानव यो क्षेत्रमा पाइन्थे भनेर अनुमान गरेका थिए । यद्यपि, सन् २०१६ मा वैज्ञानिकले यो अनुसन्धानलाई चुनौती दिएका थिए । अनुसन्धानमा पूर्वोत्तर ब्राजिलको क्यापुचिन बाँदर, ढुङ्गाको औजार बनाउने र त्यसको प्रयोग गर्न सक्षम छन् भनेर जानकारी दिइएको थियो ।
यो अनुसन्धानको नतिजाले सन् २०१७ को त्यो थ्योरीले बल पायो जसमा पेड्रा फुराडामा भेटिएका ढुङ्गाका औजार, मानिसले नभई क्यापुचिन बाँदरले बनाएका थिए भनेर बताइएको थियो । द होलोसिन आर्टिकलका लेखकका अनुसार अब यो कुराको सटिक प्रमाण छ कि ढुङ्गाका यी उपकरण मानव निर्मित थिएनन् ।
फेडेरिको एल एग्नोलिनले अर्जेन्टिनाको ‘नेशनल साइन्टिफिक एन्ड टेक्निकल रिसर्च काउन्सिललाई दिएको जानकारीमा उनीहरुले ब्राजिलका पुरातन साइटहरुमा पाइने चिजहरुका लागि अमेरिकी नभई क्यापुचिन बाँदर जिम्मेवार रहेको बलियो प्रमाण फेला पारेको बताएका छन् ।