Sat. Jul 19th, 2025

जाने होइन त गोरु जुधाई हेर्न ? मैदी, धुवाकोट, सल्यानटार !

धादिङ– माघे संक्रान्ति भन्ने वित्तिकै नेपालमा गोरु जुधाउने दिन भनेर चिनिन थालेको छ । आज धादिङको मैदी, धुवाकोट, सल्यानटार, खाल्टे लगायतका स्थानीयले गोरु जुधाईसंगै विभिन्न मेला तथा सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

मैदीकोटमा हिजो शनिबारदेखि नै लाइभ दोहोरीसहितको सास्कृतिक कार्यक्रम भैरहेको छ भने धुवाकोटमा गोरु जुधाईसंगै कृषि तथा हस्तकला प्रदर्शनी र सल्यान्टारमा खेलकुदको समापनसहित गोरु जुधाई तथा सास्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्व पनि जोडिएको छ । रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो परम्परा नेपाल र तिब्बत बीचको भोट सन्धी १९४९ सँग जोडिएको छ । गोरुको घम्साघम्सीमा काले, तारे, फुच्चे, लाहुरे, फुर्के, बर्ने, जोवाने जस्ता अनेकौं नाम गरेका गोरुहरु यो पटक मैदानमा देखिदैछन् ।

पहिला पहिला छिमेकीले रमाइलो स्वरुप आफ्नो घरमा रहेका गोरुहरू जुधाउने गरेका थिए । अहिले प्रतियोगीताका रुपमा गोरु जुधाइदै आएको छ । बारीमा धुलो उडाउँदै बडेमानका जुरो भएका गोरुहरू जुध्दा पाखाभरि भरिभराउ हजारौँ दर्शक देखिन्छन् । प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्काे पक्षकाले जितेको ठहरिन्छ । कुन गोरु कुनसँग जुधाउने, उमेर र साइज हेरेर  निक्यौल गरिन्छ ।

About The Author

अन्य समाचारहरु: