Fri. Feb 7th, 2025

प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक पोखरेल

काठमाडौ – नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक डिआइजी पोषराज पोखरेललाई दिइएको छ ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिनुभएको हो ।

यसअघिका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएपछि प्रहरी नायब महानिरीक्षक पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: