Sun. Jun 15th, 2025

गल्छीका वीर बहादुर गजुरीबाट चरेससहित पक्राउ

धादिङ– धादिङको गल्छी गाउँपालिका- ८ सुत्केरीढुंगाबाट ३४ किलो ५ सय ग्राम चरेशसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङ गजुरी गाउँपालिका वडा नम्बर ८ किरानचोकका ३२ वर्षीय बिर बहादुर तामाङलाई गएराती  चरेससहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

गोप्य सूचनाको आधारमा लागू औषध ब्यूरो कोटेश्वरबाट आएको प्रहरी टोलीले लुकाएर राखेको ठाउँमा चरेस फेला पारेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले बताए । नियन्त्रणमा परेका तामाङलाई इलाका प्रहरी कार्यालय गजुरीमा अनुसन्धान भइरहेको छ ।

सोमबार पनि धादिङको थाक्रे गाउँपालिका-२ समटारबाट ८ किलो ५ सय ग्राम चरेससहित मकवानपुरको थाहा नगरपालिका-८ की लक्ष्मी पुरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पुरीको
धादिङ जिल्ला अदालतबाट १० दिन म्याद थप भईं अनुसन्धान भइरहेको छ ।

About The Author

अन्य समाचारहरु: