Sat. Oct 12th, 2024

दुवईको जेलमा २३ जना नेपाली कैदी जीवन विताउन बाध्य

jell

दुवई – ९ विभिन्न आरोपमा २३ जना नेपाली दुवईमा कैदी जीवन बिताइरहेका बाध्य भएका छन् । विभिन्न आपराधिक घटनामा संग्लङन आरोपमा जेल जीवन विताउन बाध्य भएका हुन् ।

दूतावासको तथ्याङ्क अनुसार दुवईको जेलमा रहेकामध्ये ४ जना महिला छन । उनीहरुलाई दुवईमा रहेको महिला कारागारमा राखिएको छ । हत्या प्रयास, झुट्टा कागजपत्र प्रयोग गरेको र परपुरुषसँग अश्लिल व्यवहार गरेको आरोपमा ती महिलालाई जेल सजाय सुनाइएको हो । अरु १९ जना पुरुष नेपाली कैदीलाई दुवईको अल अविरस्थित सेन्ट्रल जेल र अपराध अनुसन्धान केन्द्रमा राखिएको छ ।

जेलमा रहेका एक नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । हत्या अभियोगमा १३ बर्षदेखि जेलमा रहेका दार्चुलाको धारी–३ का अमरबहादुर बमलाई दुवईको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । अरु जेलहरुमा थुप्रै नेपालीहरु कैदी जीवन विताइरहेको नेपाली दूतावासका द्वितिय सचिव कृष्ण अर्यालले बताए ।

जेलमा रहेका नेपालीमाथि हत्या, हत्या योजना, बलात्कार, लागुपदार्थ ओसारपोसार, चोरी, रक्सी खाएर होहल्ला गरेको आरोप छ ।

दुवईको विभिन्न जेलहरुमा २३ जना नेपालीले जेल सजाय भोगिरहे पनि कर्मचारी अभावका कारण नियमित जेल भ्रमण गर्न नसकिएको यूएईका लागि नेपाली राजदूत धनञ्जय झाले बताए ।

About The Author

अन्य समाचारहरु: