Fri. Mar 29th, 2024

त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित एक जना पक्राउ

काठमाडौ– बुधबार राति त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित एक जना क्यानडेली नागरिक पक्राउ परेका छन्।

दुबईबाट जहाजमा आएका यूएई मूलका क्यानडेली नाथगरिक मोहमद कमल मोहगोबलाई सुनसहित विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो। 

उनको साथबाट ९ किलो १३६ ग्राम अवैध सुन बरामद गरिएको छ। विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार मोहगोबले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारमा १ किलो भन्दा बढी मात्राको सुन ल्याएका थिए।  उनीमाथि थप अनुसन्धान भइरहेको छ। 

About The Author

Loading...

अन्य समाचारहरु: