Thu. Mar 28th, 2024

अमेरिकाले किन यति धेरै महत्व दिंदैछ नेपाललाई

काठमाडौं । अमेरिकी उपमन्त्री भिक्टोरिया नुल्याण्ड फर्कने बित्तिकै अर्को उच्च तहको भ्रमण हुन लागेको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआईडी) कि प्रमुख सामन्था पावर आगामी साता नेपाल आउने भएकी हुन् । युएसआईडीको वक्तव्य अनुसार उनले अमेरिकी सहायता प्रतिबद्धतालाई अझै बढावा दिंदै सम्बन्ध सुधारको सन्देश दिनेछिन् ।

सन् २००२ मा तत्कालीन अमेरिकी विदेशमन्त्री कोलिन पावेलको भ्रमणपछिकै यो उच्च तहको भ्रमण हो । सामन्था अमेरिकाको क्याबिनेट तहकी अधिकारीमात्रै नभई त्यहाँको राष्ट्रिय सुरक्षा परिषद्की सदस्य समेत हुन् । त्यस अर्थमा आसन्न भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ ।
युएसएआइडीका अनुसार उनले राजनीतिक दलका शीर्ष नेता, नागरिक समुदाय लगायतसँग भेट्नेछिन् ।

कुटनीतिक स्रोतका अनुसार यो नियमित किसिमको भ्रमण हो । तर पछिल्ला वर्षमा एमसीसी, इन्डो प्यासेफिक स्ट्रयाटेजी लगायतका मुद्दाले नेपालका नागरिकहरुमा विभिन्न किसिमका तरंग उत्पन्न गरेका छन् । चीनले बीआरआई अघि बढाएसँगै यहाँ भूराजनीतिक टक्कर हुन सक्ने आकलन चलिरहेका बेला सामन्थाको भ्रमण हुन लागेको हो ।

About The Author

Loading...

अन्य समाचारहरु: