रश्मी भण्डारी –
मैले गर्दा उस्को आँखा रसायो अरे
अतितका याद्ले छाती जलायो अरे
एक हुन सकिएन बाध्यताले गर्दा
सम्झनाले पागल झैँ गरायो अरे
विछोडको घाउसँगै तड्पिएपछि
जिन्दगीमा पिडैपिडा छायो अरे
भुल्न खोज्दा पलपल व्यर्थै आज फेरी
दुनियाँले धेरै कुरा सुनायो अरे