
दाङ – माघ २५ गतेदेखि सीता एअरलाइन्सले दाङ–काठमाण्डौ नियमित उडान भर्ने भएको छ । दाङको टरिगाउँ विमानस्थलमा सीता एअरले पहिलो चरणमा हप्तामा दुई दिन उडान भर्ने तयारी गरेको सीता एअरका महाप्रबन्धक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
परीक्षण उडान गरेको करिब १२ दिनपछि सीता एअरले उडान भर्ने भएको हो । सीता एअरले माघ १३ गते परीक्षण उडान गरेको थियो । यसअघि नेपाल वायु सेवा निगमले हप्तामा चार दिन उडान भर्दै आएको छ । यद्यपि यात्रुको चाप वृद्धि भएमा हरेक दिन उडान गर्ने महाप्रबन्धक सिंहको भनाइ छ ।
तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले बढीमा ७ हजार ५ सय रुपैयाँ भाडा निर्धारण गर्न आग्रह गरेको जानकारी दिनुभयो । यसका लागि विमानस्थलमा केही सुधार गर्ने उपमेयर चौधरीले बताउनुभयो ।