Thu. Mar 28th, 2024

कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी आइतबार टुंगो लगाउने

काठमाडौं- सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहितका दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी आइतबारसम्ममा टुङ्गो लगाउने भएका छन् ।

सिहदरबास्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा शनिबार बसेको कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेतासम्मिलित बैठकले उम्मेदवारी आइतबार टुङ्गो लगाउने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सङ्घीय संसद्मा भएका विपक्षी दलका नेताको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षको उम्मेवारीका सम्बन्धमा केन्द्रित रही सल्लाह र छलफल भएको बताए । उपाध्यक्षका लागि आइतबार मनोनयन र सोमबार निर्वाचन हुँदैछ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बैठकमा राष्ट्रियसभा उपाध्यक्ष र अरु पदका सम्बन्धमा के–कसो गर्ने भन्नेबारे छलफल भएको बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: