Wed. Apr 23rd, 2025

हेटौँडा–काठमाण्डौ छोटो दुरीको सडक निर्माणमा प्रदेश सरकारको चासो

मकवानपुर – हेटौँडा काठमाण्डौ छोटो दुरीको सडक निर्माणमा प्रदेश सरकारले चासो देखाएको छ । यो सडक निर्माणमा प्रदेश सरकारले ठाउँ–ठाउँमा ठेक्का लगाएर काम भइरहेको छ । तर समयमा नै काम सक्ने अवस्था नरहेको र निर्माण व्यावसायीले काम नगरेको लगायतका समस्या भएपछि आज मङ्गलवार प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू र सरोकारवाला निकायका बीचमा छलफल भएको छ ।

प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाण्डौ उपत्यका प्रवेश गर्ने पहुँच मार्ग हेटौँडा–भीमफेदी–हुमाने–फर्पिङ सडकको विभिन्न ठाउँमा निर्माणको काम भइरहेको छ । यो सडक निर्माण गर्नका लागि निर्माण व्यासायीले काम नगर्ने र स्थानीयवासीले अवरोध गर्ने लगायतका समस्या भएपछि प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अग्रसरतामा छलफल गरिएको हो ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका कार्यालयले भैँसे–भीमफेदी खण्ड, हेवी कलङ्की–हुमाने खण्ड र हुमाने–फर्पिङ खण्डको सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली खण्डको निर्माणको कामलाई गति दिई छिटो सम्पन्न गर्न मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सक्रियतामा छलफल गरेको हो ।

About The Author

अन्य समाचारहरु: