Tue. Jan 14th, 2025

“तपाइले रु १० हजार प्राप्त गर्नुभएको छ, लिन आउनुहोस्”

rahat rakam nalang dhading
धादिङ – फाया नेपालले डीसीए र एनसीएको सहयोगमा धदिङको ३ गाँउ विकास समितिका भूकम्प पीडितहरुलाई राहत रकम स्वरुप १० हजार रुपैया वितरण गरेको छ ।

जिल्लाको नलाङ, सलाङ र खरी गाविसका प्रभावितहरुलाई अस्थायी आवास निर्माण गर्नका लागि थप रकम वितरण गरिएको टोली नेता सचिदानन्द जोशीले जानकारी दिए । भूकम्पपछि भत्किएका घरहरुको पूर्ननिर्माण तथा अस्थायी आवास निर्माणमा सहयोग हुने उद्देश्यका साथ भूकम्पले पूर्ण क्षति भएका र सरकारले १५ हजार दिइसकेका घरधुरीलाई रकम वितरण गरिएको हो ।

राहत रकम सलाङ गाविसको १३८५, नलाङ गाविसको २२८२ र खरी गाविसको १३१५ घरधुरी गरी जम्मा ४ हजार ९ सय ८२ घरधुरीमा वितरण गरिएको संस्थाले जानकारी दिएको छ ।

rahat rakam nalang dhading 2

दुई साता अगाडि नै फाया नेपालले सबै घरधुरीका व्यक्तिहरुको मोवाइल नम्बर टिपोट गरेका थिए । सोही नम्बरका आधारमा संस्थाले एक दिन अगावै हेलो पैसा प्याल्याटफम मार्फत एसएमएस पठाएका थिए । रकम लिनका लागि तपाइले रु १० हजार प्राप्त गर्नुभएको छ, लिन आउनुहोस् ? भनेर लेखिएको एसएमएस पीडितले देखाउनु पर्नेछ । एसएमएसमा ६ अंकको कोड नम्बर पठाइएको हुन्छ, कोर्ड नम्बरका आधारमा टोलीमा नै गएको बैकले रकम वितरण गरिरहेको छ । मोवाइल नभएकाहरुलाई १५ हजार बुझेको राहत कार्ड र आफ्नो परिचय खुलाउने परिचय कार्ड लिएर जानु पर्नेछ । लिएर जानु पर्ने हुन्छ । घरमुलि आफै उपस्थित हुन नसकेमा फाराम भरी परिवारका सदस्यहरुले लिन सकिने छ । त्यसका लागि गाविसले प्रमाणित गरेको हुनुपर्नेछ ।

रकम पाएपछि भूकम्पपछि भत्किएको घरको पूर्ननिर्माणमा प्रयोग गरिने स्थानीयहरुको भनाई छ ।

About The Author