Mon. Oct 2nd, 2023

काठमाडौंसहित पहाडी क्षेत्रको मौसम धुम्म, वर्षाको सम्भावना

काठमाडौं– बुधबार काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपातको सम्भावना छ।

बुधबार दिउँसो देशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको समेत विभागले जनाएको छ। 

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

बुधबार राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/ चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

About The Author

Loading...

अन्य समाचारहरु: