Fri. Jun 13th, 2025

बागमतीका मन्त्रालय भवन हेटौंडाको हटियामा बनाइने

हेटौंडा – बागमती प्रदेश सरकारले मन्त्रालयका भवनहरू हेटौंडा उपमहानगरपालिका(१६ हटियामा बनाइने भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले हटियाको शिबम् सिमेन्ट उद्योगसँग जोडिएको जग्गामा मन्त्रालयको भवन र अन्य महत्वपूर्ण पूर्वाधारहरू बनाउन वातावरणीय प्रभाव मूल्यांकन गर्ने निर्णय भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताए ।

प्रदेश सरकारले मकवानपुरका विभिन्न स्थानमा जग्गा पहिचान गरि त्यस स्थानमा प्रदेश संरचना बनाउन संघीय सरकारलाई सिफारिस गरे पनि हटियाको कित्ता नम्बर १९६ मा रहेको ५४ विगाह जमिनको मात्र संघीय सरकारबाट स्वीकृति प्राप्त भएको उनले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: